अछाम : अछाम जेसिजले जिल्ला प्रहरी कार्यालय अछामलाई मास्क सहयाेग गरेकाे छ । पछिल्लो समय जिल्लामा काेराेना महामारी तीब्र रुपमा फैलिरहेकाे र अग्र पंक्तिमा खटिने प्रहरीलाई जाेखिम रहेकाे अवस्थामा मास्क सहयाेग गरिएको अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्याैपानेले बताए ।
अछाम जेसिजकाे सहयाेगमा एक हजार थान मास्क सहयाेग गरिएको हाे । जिल्ला प्रहरी कार्यालय अछाममा जेसिजकाे एक टाेलिले मास्क प्रदान गरेको हाे । अछाम जेसिजका अध्यक्ष न्याैपानेले जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्सीराम अर्याललाई मास्क प्रदान गरे ।
काेराेना महामारीकाे संक्रमण अछाम जिल्लामा फैलिँदाे क्रममा रहेको र काेराेना राेकथाम, नियन्त्रण तथा जनचेतना जगाउने कार्यमा प्रहरी अग्र पंक्तिमा खटिने र प्रहरीलाई संक्रमणकाे जाेखिम बढी रहेकाे अवस्थामा अछाम जेसिजले पदाधिकारीबाट सहयाेग संकलन गरि मास्क वितरण गरेकाे जेसिजका निवर्तमान अध्यक्ष तुलाराम बिसीले बताए ।
अछाम जेसिजका पूर्व अध्यक्ष नमराज न्याैपानेकाे समन्वयमा मास्क सहयोग गरिएको निवर्तमान अध्यक्ष विसीकाे भनाइ छ । जिल्ला अध्यक्ष न्याैपानेकाे नेतृत्वमा गएकाे टाेलीले सहयाेग गरेका मास्क ग्रहण गर्नुहुँदै डिएसपी अर्यालले काेभिड महामारीको जाेखिम बढिरहेको अवस्थामा मास्क सहयोग गरेकोमा अछाम जेसिजलाई धन्यवाद दिए ।
अछाम जेसिजले विभिन्न सामाजिक कार्य गरिरहेको भन्दै यस्तै सामाजिक कार्य गर्न आग्रह गरे । अछाम जेसिजले गत बर्ष पनि काेराेना महामारीको राेकथाम तथा नियन्त्रणमा अग्र पंक्तिमा खटिने प्रहरीका लागि मास्क सहयोग गरेकाे महासचिव टेकराज भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया