मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना पुष्टि, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना पुष्टि, २७ को मृत्यु


काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ जनाको पीसीआर र ६२३ जनाको एन्टिजेन परीक्षण भएकोमा ७ हजार २११ जनालाई संक्रमण पुष्टि भएको हो।

जसमध्ये ७ हजार १३७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ७४ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ६१२ रहेको छ। पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ।

उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७४४ जनामा, ललितपुरमा ५५० जनामा र भक्तपुरमा ३०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।