मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६०८ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

६०८ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत


काठमाडौं- नेपालमा कोरोना संक्रमणको दर बढेसँगै आईसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको दर पनि बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालभर ६०८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। 

त्यसमध्ये १३१ जना गम्भीर अवस्थाका संक्रमितहरु भेन्टिलेटरमा उपचाररत छन् भने ४७७ जना आईसीयूमा छन्।
बिहीबार आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ। यो प्रदेशमा २५४ जना आईसीयूमा र ७७ जना भेन्टिलेटरमा उपचारत छन्। 

त्यस्तै प्रदेश १ मा ५४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत छन् भने प्रदेश २ मा २४ आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा पनि ७७ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत छन्।

त्यस्तै  कर्णाली प्रदेशमा ३३ जना आईसीयूमा ७ जना भेन्टिलेटरमा उपचाररत छन्। सुदूरपश्चिममा ३० आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।