अछाम । जिल्लाको बयालपाटा अस्पतालमा थप २ जना स्वास्थ्यकर्मी र एकजना सफाई कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।
उनिहरुमा कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएपछि एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
संक्रमण पुष्टी भएपछि उनिहरु अस्पतालकै आईश्वलेसन वार्डमा राखिएको अस्पतालका मेडिकल अधिकृत डा. बिप्लव श्रेष्ठले बताए ।
अस्पतालमा यसअघि पनि ५ जना स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण देखिएको थियो । जसमा एक जना संक्रमण मुक्त भईसकेका छन् भने ४ जना उपचारत छन् ।
प्रतिक्रिया