मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार बेलुकाबाट आन्तरिक उडान रोकिने

सोमबार बेलुकाबाट आन्तरिक उडान रोकिने


काठमाडौं । सरकारले भोलिदेखि आन्तरिक उडान रोक्ने निर्णय गरेको छ । 

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै आन्तरिकसहित भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

“अरु देशमा पूर्ववत् अवस्थामा उडान हुनेछन् । ती उडानमा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ,” उनले भनिन् ।