काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञाका कारण कसैलाई पनि भोकै मर्न नदिनेमा सरकार सचेत रहने बताएका छन् । आज देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले आफ्नो दायित्व पूरा गर्ने भन्दै सचेत रहन आग्रह पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले औषधिको कृतिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गरिने पनि बताए । ओलीले जारी गरिएका स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह पनि गरे ।
प्रतिक्रिया