मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट नेपालमा अहिलेसम्मकै धेरै ३७ जनाको मृत्यु

कोरोनाबाट नेपालमा अहिलेसम्मकै धेरै ३७ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३७ कोरोना संक्रमितले ज्यान गुमाएका हुन् । सोही अवधीमा ७ हजार ४४८ कोरोना संक्रमित थपिएका छन् । 

यो कोभिड अवधिभरकै मृत्युको संख्या उच्च हो । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ र संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।