मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना कहरमा बेखबर ११ साँसद, मृत्यु संग लड्दै अछामका कोरोना संक्रमित

कोरोना कहरमा बेखबर ११ साँसद, मृत्यु संग लड्दै अछामका कोरोना संक्रमित

संघिय र प्रदेशमा ११ जना सासंद प्रतिनिधित्व गर्ने अछाम जिल्लामा अहिले सम्म आईसियू र भेण्टिलेटर छैन्


संघिय र प्रदेशमा ११ जना सासंद प्रतिनिधित्व गर्ने अछाम जिल्लामा अहिले सम्म आईसियू र भेण्टिलेटर छैन्

अछाम । कोरोना भाईरसले बिश्व नै आक्रान्त छ । हरेक दिन संक्रमित र मृत्युदर बढीरहेका खबर छन् । दोश्रो लहरको कोरोनाले नेपालमा पनि संक्रमण दर र मृत्युदर बढी रहेको छ । यो समाचार तयार पर्दा सम्म नेपालमा हाल सम्म ३ हजार ३ सय ६२ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय अठार छ ।

जसमा २ लाख ८६ हजार १५ जना निको भएर भर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा अहिले सम्मकै उच्च संख्या ३७ जनाको मृत्यु भएको छ भने ७ हजार ३ सय ८८ जना संक्रमित भएका छन् । नयाँ भेरियण्टको कोरोना भाईरसको असर अछाम जिल्लमा पनि उच्च रहेको छ । समुदाय स्तरमा कोरोना फैलिएको छ । बान्नगढी गाँउपालिकामा एक बिद्यायलका १५ जना संक्रमित हुनु । मेल्लेखमा एकदैनि २५ जना संक्रमित थपिनु यसका उदाहरण हुन् ।

पहिलो लहरमा गत बर्ष ६ जनाले ज्यान गुमाएका थिए भने दोश्रो लहरमा २ साताको अवधिमा जिल्लामा ४ जनाले ज्यान गुमाईसकेका छन् । २ सय ६५ नयाँ संक्रमित थपिएका छन् ।

आईसियू र भेण्टिलेटर भए केहीको ज्यान जोगाउन सकिने चिकित्सकको भनाई छ । तर जनशक्ती अभावमा उपकरण संचालनमा आउन नसक्नुले संक्रमितले ज्यान गुमाउनु परिरहेको छ भने कतिपयलाई रेफर गर्नुपर्ने बाध्यता छ । भेण्टिलेटर र आईसियु अभावमा अछामा बिरामीले मृत्यु कुनृ पर्ने अवस्था छ ।

जिल्ला अस्पताल अछामलाई सरकारले कोभिड बिशेष अस्पताल बनाएपनि त्यहाँ एकजना पनि स्थायी दरबन्दकिो चिकित्सक छ्रैनन् । अस्पताल करारका चिकित्सकको भरमा चल्दै आएको छ ।

अछाममा दुई अस्पतालले सकेजतिको सेवा दिईरहेका छन् । जिल्ला अस्पताल संगै बयालपाटा अस्पतालले पनि कोभिड अस्पताल नहुदाँ पनि सेवा दिईरहेको छ । न्याय हेल्थ नेपाल नामक एक गैरसरकारी संस्थाले संचालन गरेको अस्पतालले सबै सेवा निशुल्क दिईरहेको छ भने हाल कोरोनाका बिरामीलाई समेत उपचार गरिरहेको छ ।

आईसियु र भेण्टिलेटर भए रेफर गर्नुपर्ने बिरामीको पनि उपचार यहि गर्न सकिन्थ्यो होला बयालपाटा अस्पतालका मेडिकल तथा शल्य चिकित्सा निर्देशक डा. मन्दिप पाठकले भने तर उपकरण जनशक्ती नहुदाँ रेफर गर्नुको विकल्प छैन् । गैरसरकारी संस्थाको व्यावस्थापन र प्रदेश सरकारको स्वामित्वमा रहेको अस्पतालमा नियमित बजेट नहुदाँ अस्पतालमा आर्थिक अभाव कायमै छ ।

पूर्व उपप्रधानमन्त्री भएको जिल्लामा आईसियु र भेण्टिलेटर छैन्

अछाम जिल्ला राष्ट्रिय राजनितिमा दख्खल राख्ने नेता भएको जिल्ला हो । यस क्षेत्रबाट नेकपा एमालेको प्रतिनिधित्व गर्दे डा. भिम रावल केन्द्रिय उपाध्यक्ष निर्वाचित भएका थिए । डा. रावल अछामको प्रतिनिधत्व गर्दे मन्त्री, गृहमन्त्री हुदैँ उपप्रधानमन्त्री सम्म बने । तर रावलले जिल्लाको विकास, शिक्षा, स्वास्थ्यका लगायतका क्षेत्रमा खास्सै काम नगरेको जिल्लाबासीको गुनासो छ ।

जिल्लाबाट उच्च ओहदामा डा. रावल स्थापीत भएपनि जिल्लाबासीले विकास र परिर्वतनको अनुभव गर्न पाएका छैनन् । अरु विकास निर्माण, परिर्वतनका कुरा गर्दै गरौँला यतिबेला देश कोरानाले आक्रान्त छ । यो बेला उच्च ओहोदामा पुगेका नेताहरुले जिल्लाका लागि बिशेष प्राथमिक्ता दिएर कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक उपकरण र जनशक्तीको व्यावस्था गर्नुपर्ने बेला भएको स्थानियहरु बताउछन् ।

कोरोना कहरमा बेखबर अछामका ११ साँसद

रावल संगै अछामबाट नेकपा एमालेको प्रतिनिधित्व गर्दै यज्ञ बहादुर बोगटी र नेपाली कांग्रेसको प्रतिनिधत्व गर्दै राम बहादुर बिष्ट पनि प्रतिनिधि सभा सांसद छन् भने एमालेको प्रतिनिधीत्व गर्दे शेरबहादुर कुवँर र तत्कालिन नेकपाको प्रतिनिधित्व गर्दै तारामान स्वाँर राष्टिय सभा सदस्य छन तर उनिहरु कोरोनाको कहरमा बेखबर जस्तै छन् ।

संघिय र प्रदेश गरी अछाम जिल्लाबाट ११ जना सासंदले प्रतिनिधित्व गर्दछन् तर कोरोनाको कहर जिल्लामा पनि दिनदिनै बढीहरेका बेला स्वास्थ्य उपचारका लागि पहल गर्नुपर्ने बेला उनिहरु बेखबर जस्तै छन् ।

आईसियू र भेण्टिलेरको अभावमा जिल्लामा मृत्युदर बढीरहेको छ । यहि क्रम चलिरहने हो भने उपचार अभावमा अछामीले मृत्यु कुर्न बाहेकको अर्को बिकल्प छैन् ।

जिल्लाको कमलबजार नगरपालिकाको पहलमा संचालित एकमात्र पिसिआर प्रयोगशाला समेत आर्थिक अभावमा बन्द हुने अवस्था छ । यसको दिगोपनाका लागि समेत कुनै पहल हुन सकेको छैन ।

अछामी जनताको भोट बाट निर्वाचित भएका साँसदहरुले जिल्लाका लागि राजनिति गर्ने हो भने यस कोरोनाको कहरमा स्वास्थ्य क्षेत्रलाई प्राथमिक्ता दिए आवश्यक उपकरण र जनश्क्तीको व्यावस्थापन गरी कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय हुनुपर्ने बेला आएको छ ।