मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभा उपनिर्वाचनका गतिविधिमा स्वास्थ्य मापदण्ड पालना गर्नू : आयोग

राष्ट्रियसभा उपनिर्वाचनका गतिविधिमा स्वास्थ्य मापदण्ड पालना गर्नू : आयोग


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा रिक्त एक पदका लागि जेठ ६ गते तय भएको उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पालना गर्न पाँच राजनीतिक दललाई ध्यानाकर्षण पत्र पठाएको छ ।

आयोगले कोभिड-१९ को संक्रमण बढी रहेकाले उपनिर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्दा कडाइका साथ स्वास्थ्य मापदण्डको प्रयोग गर्न भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई पत्र पठाइएको हो । कोभिड-१९ महामारीलाई नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्‍याउन पनि आयोगको आग्रह छ । 

“नेपालभर कोभिड -१९ को संक्रमणको उच्च जोखिम रहेको र काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश शहरहरूमा निषेधाज्ञा समेत लागू भइसकेको यस विषम परिस्थितिमा बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा राजनीतिक दलले उक्त उपनिर्वाचन केन्द्रित राजनीतिक गतिविधि एवं क्रियाकलापहरू जस्तै सभा, सम्मेलन, आमसभा, कोणसभा, प्रचार-प्रसार, उम्मेदवारी मनोनयन दर्ता, पत्रकार सम्मेलन लगायतका कार्यक्रम सञ्चालन गर्दा मानवीय स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यान दिई स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गरी स्थानीय तहसम्म उच्च सतर्कता अपनाई यस महामारीलाई नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्यााउन राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा भाग लिने दलहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई आयोगले अनुरोध गरी पत्र पठाएको छ,” आयोगको विज्ञप्तिमा भनिएको छ ।