अछाम । जिल्लामा थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । ३९ पुरुष र १७ महिला गरी ५६ जनामा कोरोना संक्रमण देखिएको कमलबजार पिसिआर प्रयोशालाले जनाएको छ ।
जसमा मेल्लेख गाँउपालिकाका मात्रै १६ महिला र ३७ पुरुष गरी ५३ जना रहेका छन् । एक जना रुडेक नेपालका कर्मचारी र अर्को एकजना बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् ।
प्रतिक्रिया