सबैलाई सजक रहन अध्यक्ष भन्डारिको अपिल
अछाम । मंगलसैन नगरपालिका वडा न ६ मा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मी ले घरदैलो अभियान संचालन गरेका छन ।
हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सचेतनामुलक घरदैलो अभियान सन्चालन गरिएको हो । कोभिड १९ को सक्रमण नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि अभियान सन्चालन गरि समुदायमा सचेतना मुलक सन्देश प्रवाह गर्न अभियान सन्चालन गरिएको वडा अध्यक्ष जनकराज भन्डारी बताए ।
वडाका ६ वटै टोलमा जनप्रतिनिधि स्वास्थ्यकर्मी सहितको टोलिबाट माइकिङ गर्दै कोभिड १९ बाट वचन र संक्रमण नियन्त्रण गर्न चेतना मुलक गित ,सन्देशबाट आग्रह गरिएको अध्यक्ष भन्डारी ले बताए ।
वडा अध्यक्ष भन्डारी नेतृत्वको जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले स्थानीयलाई भेटघाट गरेर कोरोनाबाट बच्ने उपायका बारेमा र मास्क लगाउन, सरसफाईमा ध्यान दिन सर्वसाधारणलाई सचेत गराइरहेका छन्।
अभियानमा वडा अध्यक्ष भन्डारी ,वडा सदस्य देबेन्द्र प्रसाद भन्डारी, पत्रकार महासघका सहसचिब नमराज भन्डारी , सामुदायिक स्वास्थ्य केन्द्र्का इन्चार्ज लक्ष्मण प्रसाद भन्डारी को सहभागिता रहेको थियो ।
वडा अध्यक्ष भन्डारिले सचेतना कार्यक्रम अन्तर्गत चरणमा रुपमा रोग के हो ? कसरी सर्छ र यसबाट बच्ने उपायबारे रेडियो, पत्रपत्रिका,माइकिङ र घरदैलो कार्यक्रम मार्फत नागरिकलाई सचेत गराइएको बताए ।
प्रतिक्रिया