मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेनाका गम्भीर बिरामीलाई हेलिकप्टर मार्फत काठमाण्डाै लगियो

काेराेनाका गम्भीर बिरामीलाई हेलिकप्टर मार्फत काठमाण्डाै लगियो


अछाम : जिल्लामा काेराेनाको संक्रमणबाट गम्भीर भएका एकजना बिरामीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डाै लगिएको छ ।

काेराेना संक्रमण जिल्ला अस्पताल मंगलसेनमा उपचाररत मंगलसेन नगरपालिका वडा नम्बर ५ का ४० बर्षका पुरुषलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला अस्पताल अछामका सुचना अधिकारी गंगा बुढामगरले जानकारी दिइन् । 

उनि बैशाख २० उपचारका लागि जिल्ला अस्पताल आएका थिए। उनको श्वासप्रश्वासमा समस्या भई रगतमा अक्सिजनकाे मात्रा निरन्तर कम हुन थालेपछि थप उपचारका लागि बाहिर लगिएको हाे ।

शुक्रबार उनलाई हेलिकप्टरबाट काठमाडौं लगेर काठमाण्डौं मेडिकल कलेजमा उपचार भैरहेको उआफन्तले बताएका छन् । 

उनको अहिले आईसीयूमा राखेर उपचार भैरहेकाे बताईएकाे छ । जिल्ला अस्पताल अछाममा हाल ११ जनाकाे उपचार भैरहेकाे छ । जसमध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे अस्पतालका सूचना अधिकारी बुढामगरले बताइन् ।