काठमाडौं । कोरोना परीक्षण गरिएका २०५ सासंदसहित एक हजार २३५ कर्मचारीमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यसमध्ये राष्ट्रियसभाका एक सदस्यसहित १९ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।
१४१ संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकिय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारसहित १६० जनामा कोरोना संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।
वैशाख २२, २३ र २४ गते संसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो । – बारह्खरी
प्रतिक्रिया