काठमाडौं – आज देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ।
हाल देशका अधिकांश भूभागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर सामान्य बदली रहनुका साथै केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति भने प्रदेश नम्बर १ का साथै अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ।
प्रतिक्रिया