अछाम । जिल्लामा २ सय ७३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
जसमा ८९ महिला र १ सय ८४ जना पुरुष रहेका छन् । अछाम जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ५१ रहेको छ ।
२ सय ६२ महिला र ४ सय ८९ पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
जिल्लामा दोश्रो लहरमा १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।
प्रतिक्रिया