अछाम ः जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाले बयालपाटा अस्पताललाई एक लाख आर्थिक सहयोग गरेको छ । गाँउपालिका अध्यक्ष राजेन्द्र खड्काले सोमबार एक लाखको चेक बयालपाटा अस्पताललाई प्रदान गरेका छन् ।
कोरोना रोकथाम र नियन्त्रणका लागि गाँउपालिकाले अस्पताललाई आर्थिक सहयोग गरेको अध्यक्ष खड्काले बताए । अस्पताले महामारीको समयमा जिल्लाका नागरिकलाई कोरोनाबाट बचाउन उल्लेख भुमिका खेलेको भन्दै आर्थिक सहयोग गरेको सुदूरआजलाई बताए ।
गाँउपालिकाले गरको आर्थिक सहयोगले उचारमा राहत हुने भन्दै बयालापाटा असपतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले पालिकालाई धन्यवाद दिएका छन् । यसअघि गाँउपालिकाले कमलबजार पिसिआर प्रयोगशालालाई ५ लाख आर्थिक सहयोग गरेको छ ।
प्रतिक्रिया