काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधनको खवरले आफू स्तब्ध भएको बताएका छन् ।
उनले मंगलबार सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली पनि दिएका छन् ।
“विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु । दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ,” प्रधानमन्त्री ओलीले भनेका छन् ।
कोरोना संक्रमित थापाको आज मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
प्रतिक्रिया