काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाले नेपाललाई कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको भन्दै धन्यवाद दिएका छन्।
आज ट्विट गर्दै देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद ज्ञापन गरेका हुन्। ‘यो महत्त्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास लिएको छु,’ उनले भनेका छन्।
प्रतिक्रिया