मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५,०४२ संक्रमित थपिए, थप ६८ जनाको मृत्यु

५,०४२ संक्रमित थपिए, थप ६८ जनाको मृत्यु

सुदूर आज

काठमाडौं । नेपालमा थप पाँच हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ८१४ स्वाब नमुना परीक्षण गरिएकोमा पाँच हजार ४२ जनाको नतिजा पोजिटिभ आएको हो ।

११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा तीन हजार ५४० र पाँच हजार ३४३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ८५ हजार १०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात हजार ७९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर आठ हजार २४३ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या चार लाख ८४ हजार ३७३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।