मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ जिल्लामा १० जनाभन्दा कम संक्रमित थपिए, आज देशभरको अवस्था यस्तो रह्यो

२४ जिल्लामा १० जनाभन्दा कम संक्रमित थपिए, आज देशभरको अवस्था यस्तो रह्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर १७ हजार ६७६ वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा अहिलेसम्म कोभिड संक्रमित हुनेकोे जम्मा संख्या ५ लाख ९५ हजार ३६४ तथा मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ । त्यस्तै आज ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ८३६ जना संक्रमित थपिएका छन् भने भत्तपुरमा १२१ र ललितपुरमा २६९ जना संक्रमित थपिएका छन्  । पछिल्लो २४ घण्टामा उपत्यका बाहिर सबैभन्दा धेरै झापामा ३१८ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी कास्कीमा २२० जना मोरङमा १९१, सुनसरीमा १७१, कैलालीमा १२०, मकवानपुरमा १०६ र सुर्खेतमा १०२ जना संक्रमित थपिएका छन् । आज ताप्लेजुङ्ग, पाँचथर, इलाम लगायतका २४ जिल्लामा १० भन्दा कम संख्यामा संक्रमित थपिएका छन्  । 

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ । जसमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेसनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।