अछाम। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ४ मा पर्छ नागातोला । त्यसैको अलि परपट्टि पर्छ सान्टुडाको गाईवस्तु चराउने चौर जुन चौरमा दैनिक जसो बिहान बेलुकीको समुहमा भेटिन्छन, बालबालिका तथा किशोर उमेरमा अघि बढदै गरेका १२/१३ जनाको समुहमा ।
कोरोनाभाईरसको संक्रमण जोखिमका कारण निशेधाज्ञा हुदा अधिकाश विद्यालय उमेरका बालबालिका स्कुल बन्द हुदा गाउँ घरमै छन । विद्यालय बन्द अबस्थामा घरमा रहेका नागातोलाका बालबालिका बाझो भिरालो भिड चस्तै चौरमा क्रिकेट खेल्न ब्यस्त देखिन्छन । प्रत्येक आलि ५ मिटर चौडाई तथा २५ मिटर जति लम्बाई भएका ३ वटा आलि सान्टुडा चौर बाजो अबस्थामा छन ।
त्यहि बाजोलाई सदुपयोग गरि क्रिकेट खेल्न ब्यस्त छन नागातोलाका बालबालिका, चौरको तल्लो र माथिल्लो पट्टि पुरै खेतीयोग्य जग्गा भएकाले खेति लगाएको ठाउमा बल परयो भने ब्याडसम्यान आउट हुने नियम नै उनिहरुले बनाएका छन । बर्खाको समय भएकाले चौर हरभरा देखिन्छ चौरको बिचमा ढुङ्गाले चिनेर समेत उनिहरुले क्रिकेट पिच बनाएर खेलिरहेका भेटिन्छन ।
साफेबगर, कैलाशखोला, मंगलसेन कैलाशखण्ड सिर्जना चोक माथिपट्टि हुने क्रिकेट खेल तिर कसैको ध्यान गएको थिएन । गत शनिवार स्थानिय शिक्षक धन कुमार केसि घरमा हुदा नजिकै ती बालबालिका खलिरहेको स्थान पुगेका थिए । जुन फोटो सबैभन्दा पहिले आईतबार बेलुकि मात्रै फेसबुकमा पोष्ट गरेपछि मेरो ध्यान फोटोले निकै केन्द्रित गरेको थियो । सानोमा छदा मोजाको बल काठको ब्याड बनाएर खेलेको याद फोटोले दिलाएको थियो ।
धन सरको अनुमतिमा मैले सामाजिक संन्जालमा शेयर सहित क्रिकेटसँग सम्बन्धित पेज, खेलाडी, खेलप्रेमिलाई समेत शेयर गरेको थियो । जुन तस्बिर सामाजिक संन्जालमा भाईरल समेत बनिरहेका छन । म स्वयम स्थलमा नपुगेपनि शिक्षक केसिका अनुसार बालखहरु पुराना कपडालाई मोजाभित्र थुपारेर बल बनाएर स्थानिय काठबाटै ब्याट समेत बनाई खेल्न खोज्दैछन, जुन खेल्ने चाहना र इच्छा सबैको हुन्छ त्यसमाथी पनि बालापनमा खेल खेल्ने चाहना अझै बढी हुन्छ, पिचको बिचमा उखेल्नै नसकिने ठूलो ढुङ्गाको प्रवाह नगरि फिल्डिङ गर्दाको सुरक्षा र जोखिम त अझै बढी देखिएको छ ।
अगाडि केसिले भने सुरुमै देखेर निकै भावुक बने अलिकती फराकिलो जग्गा भए कति रमाउदा हुन ? राम्रो मैदानमा होस ? टेनिस बल होस ? फेसन सहित सहरिया ब्याड होस ? कहिले मैदानमा खेल्न पाउने हुन चाडै उनिहरुले मैदानमा खेल्न पाएको भए कति खुहि हुने थिए । अछाम जिल्लामा स्तरिय रुपमा क्रिकेट खेल्नका लागि खेल मैदान नै छैन ।
क्षेत्र नम्बर १ को साफेबगरको रिडिकोट, बान्निगढि जयगढ गाउपालिकाको थालाकोट खेलमैदन भएतापनि अझै सुविधा सम्पन्न सहित खेल्न योग्य छैन । अछाम क्षेत्र नम्बर २ मा भने अझै पनि सामान्य खेल मैदान समेत छैन । गाउँ गाउमा आएका सिह दरबार स्थानिय सरकारले खेलाडिको लगानि मेहनतलाई समेत मध्येनजर गर्दै उचित भौतिक संरचना निर्माण गर्न नितान्त आवश्यक देखिन्छ । तिनलाई खेल्न पाए पुग्ने देखिन्छ। देखेर साह्रै भावुक भए मैले त्यहा कपडाको बल बनाएर भकुन्डो खेलेको याद ताजा भयो।
प्रतिक्रिया