मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पारित


 धनगढी : सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।

आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।

यसअघि, नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलमा आएका सुझावलाई मनन गरी बजेटमा समेटिने र बजेट विनियोजनमा कुनै भेदभाव नराखिने बताए ।

देशमा विकासको ‘मोडेल’ केहो भन्ने कुरा अहिलेसम्म ठोेस रूपमा आउन नसकेको बताउँदै मुख्यमन्त्रीले भट्टले भने, “विकासको मोडेल स्पष्ट ढंगले नबनाइकन विकास गर्न कठिन छ ।”

उनले देशको पछिल्लो राजनीतिक परिस्थितिले सत्तापक्ष र प्रतिपक्षभन्दा पनि प्राप्त उपलब्धि जोगाउँदै विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । रासस