अछाम : जिल्लाको साँफेबगर नगरपालिकामा ६ जना वडाध्यक्षले नगरको १२ औ कार्यपालिकाको बहिस्कार गरेका छन्।
नगर प्रमुखले आगामी निवार्चन लक्षीत बजेट तोकेर वडाको बजेट कम गरेको भन्दै नगरका ६ जना वडाध्यक्षको असहमती जनाउदै कार्यपालिकाको बैठक बहिस्कार गरेका हुन ।
उनिहरुले गत बर्षको तुलनामा यस बर्ष झन् बढी बजेट हुनुपर्नेमा कम भएको भन्दै तोकिएको बजेट प्रति असन्तुष्टी जनाएका हुन् ।
नगरको १२ औ कार्यपालिका बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित ६ जना वडाअध्यक्षहरुले योजना छनोटमा मनोमानी र वडाको बजेट घटाएको भन्दै असहमती जनाएका हुन् ।
नगर प्रमुख कुल बहादुर कुवरले आफुले मनोमानि तरिकाले योजना छनौट गरेको र वडाको बजेट घटाएको भन्दै बहिस्कार गरेको वडा नम्बर ११ का वडा अध्यक्ष गणेश खड्काकाले बताए ।
कार्यपालिकाको बैठक बहिष्कार गर्नेमा वडा न १ का वडा अध्यक्ष अम्मर शाह, वडा न २ का वडा अध्यक्ष कालु सिंह कुँवर, वडा न ३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढा, वडा न ७ का वडा अध्यक्ष मिठ्ठु सिंह भाट, वडा न ११ का वडा अध्यक्ष गणेश खड्का र वडा न १२ का प्रकाश राना रहेका छन् ।
प्रतिक्रिया