अछाम । युवा सुचना मञ्च बाँकेले अछाम जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्न थालेको छ । मञ्चको पहलमा अछामका विभिन्न ठाँउमा कोभिड १९ को प्रतिकार्यका लागि स्वास्थ्य समाग्री प्रदान गर्ने अभियान सुरु भएको हो ।
अभियान अन्र्तगत जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्त्ररण गरिएको छ । युवा सुचना मञ्च बाँकेको आयोजना तथा व्यावस्थापनमा सुचना मञ्च अछामका अध्यक्ष राधा आर्चाय ढकाल र नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार वेदप्रकाश तिमिल्सैनाले उक्त सामाग्री नगरपालिकाको स्वास्थ्य शाखालाई प्राप्त हुने गरि नगर प्रमुख अम्बिका चलाउने र प्रशासकीय अधिकृत पदम माझीलाई हस्तान्त्ररण गरे ।
उक्त सहयोगले नगरपालिकाका स्वास्थ्यकर्मी र अन्य कर्मचारी तथा जनप्रतिनिधीलाई जनताको सेवामा सर्मपित हुन राहत हुने नगर उपप्रमुख अम्बिका चलाउनेले बताईन् । सहयोगका लागि उनले युवा सुचना मञ्च बाँकेलाई धन्यवाद समेत व्यक्त गरिन् ।
स्वास्थ्य सुरक्षाका सामाग्रीमा मास्क, हेण्ड सेनिटाईजर, पिपिई, फेस सिल्ड लगायतका सामाग्री रहेका छ्न । एक साता देखिको निरन्तर बर्षाले मौसम अनुकुल नहुदाँ पनि मञ्चले स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिरहेको छ ।
उक्त स्वास्थ्य सामाग्रीका लागि अमेरिका स्थित नेप्लीज अमेरिकन च्याम्बर अफ कर्मस डल्लास र समाजसेवी बाल जोशीको सहयोग रहेको मञ्चले जनाएको छ ।
मञ्चले जिल्ला अस्पताल, बयालपाटा अस्पताल र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा समेत स्वास्थ्य सामाग्री वितरण गर्ने यसको व्यावस्थापन, समन्वय र सहजिकरण गरिरहेका नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार वेदप्रकाश तिमिल्सैनाले बताए ।
प्रतिक्रिया