अछाम । जिल्लाको मंगलसेन नगरपालिकाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामलाई बजेट बिनियोजित गरेको छ ।
अछामको सदरमुकाम समेतको नगरपालिकाले महासंघको भवन निर्माणका लागि ५ लाख बजेट बिनियोजित गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको सातौँ नगर सभाले महासंघको ठुलासैनमा निर्माण सुरु भएको भवनका लागि ५ लाख बजेट बिनियोजित गरेको नगरपालिका वडा नं. ६ का वडाध्यक्ष एवं सुशासन समितीका संयोजक जनक भण्डारीले बताए ।
यसअघि सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १० लाख अनुदानमा भवन निर्माण कार्य सुरु भईसकेको छ ।
प्रतिक्रिया