अछाम : खापर देवता देवता समिति मुम्बइको विशेष पहलमा अछाम सा न पा 10 घुघरकोट चुल्ठे घर भई हाल कामको सिलसिलामा भारतमा रहेका सम्पूर्ण युवाहरुले बयालपाटा अस्पतालललाई आर्थिक सहयोग गरेका छन् ।
कामको सिलसिलामा भारत रहेका साँफेबगर नगरपालिका १० चुल्ठेका दाजुभाईहरुले अस्पतालललाई नगद रु ३५ हजार आर्थिक सहयोग गरेका हुन् ।
भारतको मुम्बईमा गठित खापर देवता देवता समिति का अध्यक्ष सरभान भुलको नेतृत्वमा खास गरी दलित समुदायका दाजु भाईको पहलमा अस्पताललाई आर्थिक सहयोग गरिएको साँफेबगर नगरपालिका कार्यपालिका सदस्य शंकर भुलले बताए ।
उक्त रकम वडा नं. १० का वडा सदस्य बास्मती भुलले बयालपाटा अस्पतालका बित्त प्रमुख रामराज खकुरेललाई हस्तान्त्ररण गरिन् । कोरोनाको महामारीमा भारतमा काम गरिरहेका उनिहरुले अस्पताललले दिएको सेवाले जनताको ज्यान जोगिरहेको भन्दै सहयोग गरेका उनले बताईन् । सहयोगका लागि अस्पताललले उहिरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।
प्रतिक्रिया