अछाम : जिल्लाको साँफेबगर नगरपालिकाले नेपाल पत्रकार महासंघ अछामलाई २ लाख रकम बिनियोजित गरेको छ ।
नगरपालिकाले महासंघको भवन निर्माणका लागि २ लाख रकम बिनियोजित गरेको नगर प्रमुख कुल बहादुर कुवँरले बताए ।
नगरपालिकाको सातौँ नगर सभाले महासंघको ठुलासैनमा निर्माण सुरु भएको भवनका लागि २ लाख बजेट बिनियोजित गरेको नगर प्रमुख कुँवरको भनाई छ।
यसअघि सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १० लाख अनुदानमा भवन निर्माण कार्य सुरु भईसकेको छ ।
प्रतिक्रिया