काठमाडौं- देशका केही स्थानमा भारी वर्षा हुने भएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम सक्रिय रहेकाले आज मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
प्रदेश-१, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि सामान्यदेखि पूर्ण बदली रहिरहने हुँदा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षा हुने भएकाले नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।




















प्रतिक्रिया