मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुत्केरी आमालाई अन्डा र तेल बितरण

सुत्केरी आमालाई अन्डा र तेल बितरण


अछाम । मंगलसैन नगरपालिका वडा न ६ र ७ का सुत्केरी आमाहरु लाई अन्डा तथा तेल बितरण गरिएको छ।

सुत्केरी नगर कोसेली कार्यक्रम अन्तरगत एक बर्ष भित्रका सुत्केरी आमाहरुलाई अन्डा तथा तेल बितरण गरिएको हो ।
वडा न ६ क वडा अध्यक्ष जनकराज भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसैन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथी रहेकी थिईन् ।

कार्यक्रमा प्रमुख अथितीको आसनबाट बोल्दै उप्रमुख उपाध्यायले आमा र नवजात शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको बताईन् ।

गर्भ रहेदेखि बच्चा जन्मिएको दुई वर्षको अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकाले गर्भ रहेदेखि दूध खाइरहने बेला सम्मको समयमा महिलाहरूलाई साबिक भन्दा थप पोषण आवस्यकता पर्ने उनले बताइन् ।

समाजमा गर्भवती भएको बेलामा र बच्चा जन्मिसकेपछि पोषिला खानाबाट वञ्चित गरिने र बच्चालाई चिसो लाग्छ भनेर सुत्केरी आमालाई साग, फर्सीजस्ता पोषिला खाना खान नदिने जस्ता विभिन्न रुढीवादी सोचहरू रहेको बताउदै समय अनुसार परिवर्तन हुन पनि उनको आग्रह छ ।

कार्यक्रममा वडा न ७ का वडा अध्यक्ष सिद्धराज ढुंगानाले गाउँघरमा पाउने खाना नफलेको चामल, कोदोको परिकार, फापरको परिकार, मकै जौ, गहुँ, गेडागुडी, माछामासु, तिल,आदि प्रशस्त मात्रामा खान अनुरोध गरे ।

कार्यक्रमका अध्यक्ष तथा वडा न ६ का वडा अध्यक्ष जनकराज भन्डारीले झिलिमिली प्याकेटका बजारमा पाउने परिकार जंकफुड जस्ता खानेकुराले पोषणको मात्रा कम हुने र आमाबच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले यस्ता खानेकुरा नखान आग्रह गरे ।

कार्यक्रममा वडा न ६ का वडा सदस्य देबेन्द्र प्रसाद भन्डारी, पत्रकार समाजसेबी लगाएत को सहभागीता रहेको थियो । पशु प्राबिधिक दुर्गा जैसिको स्वागत मन्तब राखनु भएको कार्यक्रम सन्चालन नगरपालिकाका स्वास्थ्य चन्द्र ढुंगानाले गरेका थिए भने सहजीकरण पसु प्राबिधिक शिबराज ढुंगानाले गरेका थिए। कार्यक्रममा वडा न ६ का २३ जना र वडा न ७ का ५२ जना आमा तथा बचालाइ अन्डा र तेल बितरण गरिएको हो ।