मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चारवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, यातायात सेवा प्रभावित हुनसक्ने

चारवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, यातायात सेवा प्रभावित हुनसक्ने


काठमाडौं । मनसुनी  वायुको  देशभर सक्रिय प्रभाव रहेको छ । आज बिहान हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश  १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एकदुई स्थानमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा र एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ  ।

अझै केही दिन निरन्तर झरी पर्ने मौसमविद् गंगा नगरकोटी बताउँछन् । हालकौ मौसमी प्रणाली अध्ययन गर्दा अझै केही दिन पानी पर्ने देखिएको उनी बताउँछिन् । 

भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । निरन्तरको वर्षाका कारण दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।