वाग्मती । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेश समितिले वाग्मती प्रदेशका १०९ प्रदेशसभा सदस्यलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
प्रदेश सरकारले आम सञ्चारगृह सञ्चालन गर्न बजेट विनियोजन गरेको प्रति असहमति जनाउँदै महासङ्घले सबै प्रदेश सभासदस्यहरूलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।
पत्रकार महासङ्घ वाग्मती प्रदेश समितिका उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको टोलीले बिहीबार केही प्रदेशसभा सांसदलाई भेटेर र अन्य सांसदलाई संसदीय दलको कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको हो ।
महासङ्घले सभामुख, उपसभामुख, संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदलाई ज्ञापनपत्र बुझाएको हो ।
११० सांसद रहेको प्रदेशसभामा सांसद पशुपति चौलागाईंको निधन भएकाले १०९ जना मात्रै रहेका छन् । रासस
प्रतिक्रिया