मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कार्यदलको बैठक आज पनि बस्दै

एमाले कार्यदलको बैठक आज पनि बस्दै


काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि भएका बैठकमा छलफल हुन बाँकी विषयमा आजको बैठक केन्द्रित हुने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो ‘वान टु वान’ वार्ता भएको थियो । “उहाँहरूको कुराकानी सकारात्मक छ । सकारात्मक ढंगले उठेर हिँड्नु भएको छ । बाँकी कुरा कार्यदल बैठकमा हुन्छ,” नेता पाण्डेले भने ।  

बुधबार साँझ ओली र नेपालबीच मेरियट होटेलमा दोस्रो तहका नेताहरूसहित भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको नेता भीम रावलले जानकारी दिए । 

“दुई शीर्ष नेताबीच कुराकानी भयो । समग्रतामा पार्टी एकतालाई कसरी अघि बढाउने, हामीले गर्दै आएका कुरालाई सकारात्मक परिणाममा कसरी पुर्याउने भन्ने सिलसिलामा कुराकानी भएको पाएका छौं,” उनले भने ।