मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानी महिलाले किन उठाए हतियार?

अफगानी महिलाले किन उठाए हतियार?


काबुल (अफगानिस्तान)- ‘अफगानी महिलाहरू तालबान समूहबाट कुनै पनि राम्रो काम हुने अपेक्षा नै गर्दैनन्। हामी न त विश्वविद्यालय जान सक्छौँ, न त हामीलाई कुनै काममा जाने अनुमति छ। यसकारण महिलाहरू अब अघि बढेका छन् र देशको राष्ट्रिय सेनलाई समर्थन गरिरहेका छन्। यसको कारण भने तालिबानी कारबाहीमा रोक लाग्न सकोस्,’ यी शब्द काबुल विश्वविद्यालयकी छात्रा तथा सामाजिक कार्यकर्ता सइद गजनीवालका हुन्। उनी अहिले हतियार उठाउने अफगानी महिलाहरूको समर्थन गर्दै आएकी छन्। ‘हामी तालीवानका नीति र सरकारबारे राम्रै गरी अनुमान गर्न सक्छौँ,’ उनको भनाइ छ। 

अफगानिस्तानको तनाव र तालिवानका गतिविधिका कारण त्रासको वातावरण सिर्जना भएको छ। तर यस्तै अवस्थामा पनि केही महिलाहरू भने प्रतीकात्मक रूपमा हतियारसहित मैदानमा उत्रिएका छन्। 

पछिल्लो समय तालिबानबाट मुक्ति पाउन महिलाहरूले अफगानिस्तानको झण्डा र हातमा राइफल बन्दुक बोकेका तस्बिर सामाजिक सञ्जालमा आइरहेका छन्। अफगानी सरकार एक्लै तालिबानसँग लड्न नसक्ने भएकाले सेनालाई साथ दिन आफूहरूले हतियार उठाएको उनीहरूको भनाइ छ। 

अफगानिस्तानको जोजजान र गौर क्षेत्रका महिलाहरू यस्तो विद्रोहमा सामेल छन्। महिलाहरूले काबुल, फारयाब, हेरात लगायतका सहरमा समेत यस्तै प्रतीकात्मक प्रदर्शन गरिसकेका छन्।

अफगानिस्तानको जोजजान र गौर क्षेत्रका महिलाहरू यस्तो विद्रोहमा सामेल छन्। महिलाहरूले काबुल, फारयाब, हेरातलगायतका सहरमा समेत यस्तै प्रतीकात्मक प्रदर्शन गरिसकेका छन्।

काबुलकी सइदले प्रदर्शनमा उत्रेका महिलाहरूलाई आफ्नो पूर्ण समर्थन रहेको बताएकी छन्। तालिवानविरुद्ध एकजुट हुनु सकरात्मक कदम भएको उनको भनाइ छ। ‘प्रदर्शनमा उत्रेका महिलाहरू स्वतन्त्र हुन र तालिवानको उत्पीडन तथा हिंसाबाट उन्मुक्ति चाहन्छन्,’ सइदले बीबीसीसँग भनेकी छन्। 

काबुलमा रहेकी पञ्जशीरकी डा. शुक्रिया निजामी महिलाले उठाएको कदमलाई साथ दिएरहेकी छन्। सरकार एक्लैले तालिबान आतंककारीको समर्थन गर्न नसक्ने भएकाले सर्वसाधारणको साथ आवश्यक रहेको उनको भनाइ छ। ‘महिला एकजुट भई सरकार सेनालाई साथ दिइरहेका छन्। यो भन्दा राम्रो काम अरु के हुन सक्छ? यसले सरकार र सेनाको शक्ति बढ्छ,’ उनले भनेकी छन्।

अफगानी महिला पूर्ण रुपमा स्वतन्त्र नभएसम्म चैनले नबस्ने बताएउँछिन् डा शुक्रिया। ३० वर्ष पहिले आफगानिस्तानमा छाएको अँध्यारो फेरि छाउन नदिने उनको भनाइ छ। 

अफगानिस्तानमा तालिबान र सेनाबीच संघर्ष जारी छ। दुवै पक्षले एकअर्कालाई परास्त गर्न आफू सफल हुने बताउँदै आएका छन् भने सोही अनुसारका युद्ध र रणनीतिहरू बनाउँदै आएको बताएका छन्। सरकार र तालिबानबीच संघर्ष जारी रहँदा अफगानी जनतामा भने त्रास पैदा भएको छ।

तालिबानले आफूहरूले सफलता प्राप्त गरिरहेको दावा गरिरहँदा महिलालाई तालिवान सत्तामा आएपछि देशमा अशान्ति मात्रै नभई महिला हिंसाका घटना वृद्धि हुने हुन सक्ने चिन्ता छ। 

महिलालाई शिक्षा र रोजगारीमा स्वतन्त्रता भएको बताए पनि उनीहरूले इस्लामी तौरतरिका अपनाउनुपर्ने र हिजाब लगाउनुपर्ने कतारस्थित राजनीतिक कार्यालयका प्रवक्ता सुहैल शाहीनले बताएका छन्। 

कतारस्थित तालिबानको राजनीतिक कार्यालय र अफगानिस्तानमा सशस्त्र गतिविधि गर्दै आएको तालिबानबीच कुनै फरक नभएको सइदा गजनीवालले टिप्पणी गरेकी छन्। ‘हामीलाई तालिवानप्रति विश्वास छैन। किनभने तालिवानको इतिहास र उनीहरूको शासनबारे हामीलाई राम्रोसँग थाहा छ। यो युद्ध समाप्त हुँदैन र यस्तै रहरिहने हो भने देश बर्बादीतर्फ जान्छ,’ उनले भनेकी छन्।

महिलालाई शिक्षा र रोजगारीमा स्वतन्त्रता भएको बताए पनि उनीहरूले इस्लामी तौरतरिका अपनाउनुपर्ने र हिजाब लगाउनुपर्ने कतारस्थित राजनीतिक कार्यालयका प्रवक्ता सुहैल शाहीनले बताएका छन्। तर तालिबानले हिजाब नलगाउने महिलालाई कडा सजाय दिने गरेको थियो। तालिबानले यसबारेमा समय आएपछि बोल्ने बताउँदै आएको छ।

तर कतारस्थित तालिवानको राजनीतिक कार्यालयका अधिकारीहरू कतारबारेमा भनिएको सबै कुरा झुटा भएको दाबी गर्छन्। तालिबान नियन्त्रित स्थानमा महिला र मिडियामाथि प्रतिबन्ध लगाएको कुरा जायज नभएको तालिबानको भनाइ छ। ‘कतारलगायतका क्षेत्रका महिलालाई पूर्ण रुपमा स्वतन्त्रता छ उनीहरूमाथि कुनै बन्दज लगाइएको छैन, उनीहरू इस्लामीक परम्परा अनुसार  सामान्य जीवनशैली बिताइरहेका छन्,’ उनीहरूको दाबी छ।

अफगानी सञ्चारमाध्यमले पहिलोपटक महिलाले हतियार उठाएको भन्दै महिलाले तालिबानको आतंकको अन्त्य गर्न चाहेको उल्लेख गरेका छन्। महिलाले तालिबान विरुद्ध सेना र सरकारलाई बलियो बनाउन र आफ्नो स्वतन्त्रताका लागि हतियार उठाएको विज्ञको भनाइ छ।

तालिवानले भने आफूहरूविरुद्ध हतियार उठाइए पनि कसैलाई पनि केही नगरिने र जुन तरिकाले समाज/देश चलिरहेको छ त्यसै अनुससार चलिरहने बताएको छ।

अफगानी महिलाका लागि वर्तमान समय एक पटक फेरि परीक्षाको घडी बनेर आएको छ। विगतमा पनि ठूलो संख्यामा मानिसहरू अफगानिस्तान छोडेर अन्यत्रै गएका थिए। त्यसबेला पनि महिलाहरूले दुख पाएका थिए। छिमेकी देशमा पनि अफगानी महिलाहरूलाई अप्ठेरो भएको थियो। बीबीसीबाट