मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका धेरै ठाउँमा ठूलो वर्षा, अझै केही दिन निरन्तर झरी पर्ने

देशका धेरै ठाउँमा ठूलो वर्षा, अझै केही दिन निरन्तर झरी पर्ने


काठमाण्डाै – अझै केही दिन निरन्तर झरी पर्ने मौसमविद्ले बताएका छन् । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो।

आउँदो तीन दिनसम्म नै हिजो आजको जस्तै झरी पर्ने उहाँले बताउनुभयो । अझै केही दिन देशभर बद्ली रहेर केही ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भने ठूलो पानी पर्नेछ ।

पछिल्लो २४ घण्टामा वाग्मती र गण्डकी प्रदेशमा ठूलो पानी परेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चितवनको गोविन्द बस्तीमा एक सय ६३ दशमलव ८ मिलीमिटर पानी परेको छ भने कल्याणपुरमा एक सय २१ दशमलव २ मिलीमिटर पानी परेको छ ।

अहिले पनि प्रदेश-१ को पहाडी ठाउँ, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नम्बर दुईमा पानी परिरहेको छ । आज दिउँसो पनि देशैभर पानी पर्नेछ भने प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।