मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेयमार ‘दी ब्राजिलियन हिरो’

नेयमार ‘दी ब्राजिलियन हिरो’


काठमाडौं । ब्राजिल, विश्व फुटबलको महाशक्ति राष्ट्र । पाँच पटकको विश्व विजेता टोली ‘कोपा अमेरिका’ फुटबलमा पनि बलियो टोली हो । ब्राजिलले ‘कोपा अमेरिका’ फुटबलमा ९ उपाधि जितेको छ । गत सिजनको विजेता टोली पनि ब्राजिल नै हो । 

ब्राजिलको यो सफलतामा ठूला खेलाडीको हात छ । ब्राजिल फुटबलका पिता भनेर चिनिने पेले, रोनाल्डो, रोनाल्डीन्हो जस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि पनि जिताए । उनीहरुको सफलतापछि हाल ब्राजिलको फुटबलमा उत्कृष्ट खेलाडीको रुपमा रहेका नेयमार हुन् ।
 
उनले देशका लागि खेलेका धरै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उसोत ब्राजिलमा कासिमेरो, एलिसन, विलियन, ग्रबियल जिजस जस्ता खेलाडी रहेका छन् । तर, क्लब करिअर र अन्तराष्ट्रिय स्तरमा पाएको सफलताका कारण नेयमारको नाम पहिलो स्थानमा आउँछ । 

सन् २०१० मा युनाइटेड स्टेडविरुद्धको मैत्रीपूर्ण खेलमा ब्राजिलको राष्ट्रिय टोलीमा परेका नेयमारले त्यसपछि टिममा स्थान बनाउनका लागि पछि फर्केर हेर्नु परेको छैन । उनी घाइते भएको समयबाहेक टिममा उनको स्थान कुनै पनि खेलाडीले लिन सकेका छैनन् ।
 
नेयमारले ब्राजिलबाट दुई विश्वकप फुटबल खेलेका छन् । जसमा ब्राजिलले धेरै ठूलो सफलता त हात पार्न सकेको छैन । तर, उनले गरेको प्रदर्शनमा भने कुनै तुष छैन । सन् २०१४ को विश्वकप फुटबलमा ब्राजिलले अकल्पनीय नतिजा हात पार्न पुग्यो । ब्राजिल सेमिफाइनल खेलमा नेयमार घाइते भएर ८८ औं मिनेटमा मैदानबाट बाहिरिए । उनलाई अस्पताल भर्ना गराइएको थियो । 

त्यसअघि नेयमारले ब्राजिलका लागि पाँच गोल गरिसकेका थिए । उनको पाँच गोलको सहयोगमा ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
 
क्वाटरफाइनलमा नेयमार घाइते हुँदा ब्राजिललाई ठूलो धम्का लाग्यो । त्यसको परिणाम ब्राजिलले घरेलु मैदानमा नराम्रो नतिजा भोग्न पुग्यो । सेमिफाइनल खेलमा ब्राजिल जर्मनीसँग ७–१ गोल अन्तरले पराजित भयो ।
 
एकातर्फ नेयमार अस्पताल भर्ना भएको पीडा त अर्काेतर्फ घरेलु मैदानमा व्यहारेको लज्जास्पद हारले ब्राजिललाई कमजोर बनायो । त्यसपछि ब्राजिलले २०१८ को विश्वकपमा पुनरागमन गर्यो ।
 
२०१८ को विश्वकप फुटबल पनि ब्राजिलका लागि सुदख भने भएन । ब्राजिल क्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुन पुग्यो । ब्राजिल बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भयो । उक्त खेलमा पनि नेयमारको व्यक्तिगत प्रदर्शन उत्कृष्ट रहेको थियो ।
 
नेयमारले तीन गोल गरेका थिए । तर, टिमलाई अघिल्लो चरण प्रवेश गराउँदै उपाधि दिलाउन भने सकेनन् । यसरी इतिहास हेर्दा नेयमारको व्यक्तिगत प्रदर्शन भने देशका लागि उत्कृष्ट छ । 

तर, फाइनलमा प्रवेश गर्दै नेयमारले देशका लागि उपाधि भने दिलाउन सकेका छैनन् । नेयमारले गत सिजनको कोपा अमेरिका खेलेनन् । त्यसैले देशका लागि जितेको उपाधिमा उनको हक भए पनि उनी नै खेलाडी भएर देशका लागि उपाधि जिताउन नसक्दा उनको करिअरमा उपाधिको कुनै  हक भएन ।

तर, यो सिजन भने नेयमारका लागि उत्कृष्ट प्रदर्शन गर्दै टिमका लागि ठूलो उपाधि जिताउने अवसर छ । उनका लागि विश्व फुटबलमा यो ठूलो उपाधिको रुपमा हुनेछ । किनभने नेयमारले हालसम्म देशका लागि ठूलो उपाधि जिताउन सकेका छैनन् ।
 
यो सिजनको ‘कोपा अमेरिका’मा नेयमारले दुई गोल गरेका छन् । नेयमारले दुई गोलसँगै तीन असिस्ट पनि गरेका छन् । उनी हाल उत्कृष्ट लयमा छन् । नेयमार मात्र होइन ब्राजिलको टिम नै राम्रो लयमा छ ।
 
विश्व फुटबलका उत्कृष्ट खेलाडीको चर्चा चल्दा नेयमार तेस्रो स्थानमा आउने गर्दछन् । गोल्डेन बुट, फिफा बालोन डी’ओर लगायतका विश्व फुटबलमा उत्कृष्ट अवार्डमा मेस्सी रोनाल्डो पछि उनी नै अग्र स्थानमा आउने गर्दछन् । 

नेयमारले क्लब करिअरमा जति सफलता हात पारे त्यो सफलता अन्तर्राष्ट्रिय फुटबलमा पनि आवश्यक छ । अनि उनलाई सफल खेलाडीको हैसियत त्यो समय मिल्नेछ जति बेला नेयमारले ब्राजिलका लागि ‘कोपा अमेरिका’ या ‘विश्वकप फुटबल’को उपाधि जिताउने छन् । 

नेयमारको नेतृत्त्वमा ब्राजिलले ‘कोपा अमेरिका’को फाइनल खेल खेल्दैछ । उनी हाल ब्राजिका लागि मुख्य खेलाडी हुन् । ब्राजिलले आइतबार बिहान अर्जेन्टिनाविरुद्ध फाइनल खेल खेल्नेछ । त्यो खेलमा दुई खेलाडीको भविश्यलाई निक्र्योल गर्नेछ ।
 
यता, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि पनि देशका लागि पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि हुनेछ ।  दुबै खेलाडी विश्व फुटबलको ठूलो फाइनल खेलमा पहिलो पटक आमने सामने हुन लागेका हुन् । 

नेयमार र मेस्सी पूर्व सहकर्मी पनि हुन् । नेयमारले फाइनलमा अर्जेन्टिनासँग नै खेल्ने चाहना भएको बताएका थिए । त्यसैले पनि दुई टोलीबीचको फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।