काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब खोपबाट नेपाली तड्पिनुनपर्ने बताएका छन् । वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
“हामीले २०२१ सम्म सबै नेपालीलाई खोप लगाइसक्ने तयारी गरेका छौँ,” ओलीले भने, “केही बाँकी रह्यो भने पनि केही समय लाग्ला तर अब खोपको अभावबाट तड्पिन पर्दैन ।
केही समय कस्तो भयो भने यता खोज्यो नपाइने, उता खोज्यो नपाइने अवस्था थियो । अब नपाइने भन्ने हुँदैन । अब लगातार भ्याक्सिन आउँछ ।”
प्रतिक्रिया