मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै दुईदिन भारी वर्षा हुने

अझै दुईदिन भारी वर्षा हुने


काठमाडौं । केहीदिन यता सक्रिय मनसुन अझै दुईदिन रहने भएको छ । दुईदिन देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठ बताउँछन् । 

“अहिले सक्रिय भएको मनसुन अझै दुईदिनसम्म रहने छ,” मौसमविद् श्रेष्ठ भन्छन्, “पानी त दुईदिन पछि पनि पर्छ तर भारी वर्षाको सम्भाना दुईदिन धेरै छ ।” दुईदिन पछि मौसम केही खुल्ने उनको भनाइ छ ।   

पछिल्लो २४ घण्टामा काठमाडौंमा ९०.६ मिलिमिटर पानी परेको छ । “विहान साढे ६ बजेसम्मको वर्षाको परिमाण हो ।  साढे ८ बजेको मापनमा यो मात्रा केही केही बढ्ने छ,” मौसमविद् श्रेष्ठ भन्छन्, “काठमाडौंमा अझै दुईदिनसम्म भारी वर्षाको सम्भावना अधिक रहेको छ ।”