अछाम । पालिका स्तरिय बाली तथा पशुपञ्छी बिमा सम्बन्धी तालिम तुर्माखाँद गााउपालिकामा सुरु भएको छ । पालिकाका १ देखि ८ वटै वडाका अध्यक्ष, सबै शाखाका प्रमुखहरुको सहभागतीमा तालिम संचालन भएको हो ।
तालिममा पशुपन्छी र बालिको बिमाका बिषयमा छलफल भएको थियो । नेपाल कृषि प्रणाली निर्वाहमुखी बाट क्रमिक रुमा व्यावसायीकरण तर्फ रुपान्तरण हुदै गईरहेको भन्दै सो को समेत नोक्सानी भएको अवस्थामा क्षतिपूर्तीका लागि यो बिमा लागु हुने जनाईएको छ ।
कृषि तथा बालीको समेत बिमा गरे पछि हुने क्षति र नोक्सानीको समेत लाभ प्राप्त हुने भएकाले बिमा प्रभावकारी र सबै व्यावसायिक भएर कृषी तथा पशुपन्छीमा लाग्नु पर्ने पालिका अध्यक्ष पुष्पराज शर्माले बताए ।
तालिमको उद्घाटन गर्दै उनले सबै जनता ब्यबसायिक रुपले लाग्नु पर्ने उनको भनाइ थियो।
बिमाका बारेमा कृषी शाखा प्रमुख लोकेन्द्र साउदले प्रष्ट पारेका थिए भने भोलि सम्म चल्ने तालिमको सहजिकरण युनाईटेड बिमा कम्पनीका प्रेम जोशीले गरिरहेका छन् । तालिममा पालिका उपाध्यक्ष अमृता बुढाको पनि सहभागीता रहेको छ ।





















प्रतिक्रिया