मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चको फैसला ऐतिहासिक भएकाे कांग्रेसकाे ठहर

सर्वोच्चको फैसला ऐतिहासिक भएकाे कांग्रेसकाे ठहर


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले औपचारिक रूपमा सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सोमबार अपराह्न सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी प्रतिनिधि सभा विघटन गर्ने अदालतको फैसलाको स्वागत गरका हुन् । 

देउवाले विज्ञप्तिमा भनेका छन्, “सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत पाँच दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु ।” देउवाले अदालतको फैसलाले ‘लिक’ बाहिर पुर्‍याइएको संविधानलाई ‘लिक’मा ल्याएको र न्यायपालिकाप्रतिको विश्वास बढाएको बताएका छन् ।  

“यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ,” देउवाले भनेका छन्, “लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानुन व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरू, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवम् स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गर्दछु ।”

देउवाले फैसलाले देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई अझ जिम्मेवार बनाएको  बताए भन्दै कसैले पनि जित हारको विषय बनाउन नहुने पनि बताएका छन् ।
 
“कसैले पनि यसलाई ध्यक्तिगत जित हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपिल र आग्रह पनि म गर्न चाहन्छु,” देउवाले भनेका छन् ।