मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेरोसेल र जेएन्डजे खोप मंगलबारदेखि, कसलाई कुन?

भेरोसेल र जेएन्डजे खोप मंगलबारदेखि, कसलाई कुन?


अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको खोप सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी। तस्बिर : रासस

काठमाडौं– सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान भोलि मंगलबारदेखि पुनः सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य सेवा विभागले सबै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै खोप अभियान सञ्चालन गर्न अनुरोध गरेको छ। भोलिदेखि भेरोसेल र जोनसन एण्ड जोनसन दुवै खोप लगाइने विभागले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे बैठकले खोप उपलब्धताका आधारमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। सरकारले चीनबाट खरिद गरेको ८ लाख भेरोसेल र अमेरिकी सरकाले दिएको १५ लाख ३८ हजार ८५० डोज जोनसन एण्ड जोनसन खोप  लगाउने तयारी गरेको हो।

कुन खोप कसलाई?

भेरोसेल

– ५५ वर्ष र त्यसभन्दा माथिको उमेर समूहका सबै 
– विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातका चालक र सहचालकहरु
–नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी
–खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिक

जोनसन एण्ड जोनसन 

–५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै 
पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका 
–हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी
– स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरु (यसअघिको अभियान छुटेका)

खोप दिने आधार

–उमेर समूहको हकमा उमेर खुल्ने आधिकारिक प्रमाण ( नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र), शैक्षिक प्रमाणपत्र वा सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात)
–सार्वजनिक यातायातका चालक र सहचालकहरुको हकमा आधिकारिक परिचयपत्र सवारी साधन नम्बरसहित
व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारी बाटप्रमाणित सूचीको आधारमा्
–अत्यावश्यक सेवा प्रवाह (प्रमुख जिल्ला अधिकारीले तोकेका सेवाहरु) मा संलग्न व्यक्तिहरुको हकमा आधिकारिक परिचयपत्र
–विश्वविद्यालय र विद्यालयका शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचयपत्र
–खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसा
–पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरुको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्र