मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेती लोकमार्गमा पर्ने निर्माणधिन पक्कि पुल वर्षाका कारण भत्कियो

सेती लोकमार्गमा पर्ने निर्माणधिन पक्कि पुल वर्षाका कारण भत्कियो


अछाम । अछाम जिल्लामा एक निर्माणधिन पक्की पुल भत्किएको छ । दुई दिन देखिको अबिरल बर्षाले खोलाको बाहब बढेपछि सेती लोकमार्गमा पर्ने पक्की पुल भत्किएको हो ।

सेती लोकमार्ग अन्र्तगत नेपालका चारधाम मध्येको एक बैद्यनाथधाम नजिकै पर्ने लुंग्रेलीगाडमा निर्माण हुन लागेको पुल भत्किएको हो ।

दुई दिन देखिको बर्षाका कारण पानीको बाहब बढेपछि निर्माण कार्य सम्पन्न हुन लागेको पुल भत्किएको स्थानीबासीले बताए । २०७७ चैत्र २० मा सम्पन्न गर्ने गरी २०७५ असार २१ गते एक निर्माण कम्पनीले सम्झौता गरेको थियो ।

जिल्ला स्थित स्वाँर कन्ट्रक्सन अछामले ४ करोड १६ लाख ७४ हजार ५ सय ७२ मुल्य अभिबृद्धि कर सहितको लागमा पुल निर्माणको जिम्मा पाएको थियो । तर समयमै पुल निर्माण हुन नसकि भत्किएको छ ।

यता निर्माण कम्पनीले भने जग्गा बिबाद र कोरोनाको कहरका कारण समयमै पुल निर्माण गर्न नसकिएको जनाएको छ ।