मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ शहरको कार्यालयमा तालाबन्दी

नयाँ शहरको कार्यालयमा तालाबन्दी


अछाम : जिल्लाको साँफेबगरमा रहेको नयाँ शहरको कार्यालयमा तालाबन्दी गरिएको छ । नयाँ शहर साफेबगरमा कार्यरत करारका कर्मचारीहरुले आफ्नो करार सम्झौता नविकरण गर्नु पर्नेमाग गर्दै तालाबन्दी गरेका हुन ।

बिगत ७ बर्ष देखि नयाँ शहर साफेबगरमा काम गर्दै आएका र चैत मसान्तमा करार सकीएपछि नविकरण नभएको भन्दै कार्यालयमा तालाबन्दी गरिएको कार्यालयका कर्मचारी सव ईन्जिनियर एकेन्द्र बुढथापाले बताए ।

करार नबिकरण गरिदिन कार्यालय प्रमुख मान परियार सँग पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएकाले तालाबन्दी गरिएको सव ईन्जिनियर बुढ्थापाले जानकारी दिए ।

कार्यालय प्रमुख मान परियारले काम परेमा मात्रै कार्यलयमा बोलाउन र अघिपछि वास्ता नगरी सम्झौता नबिकरणमा कुनै चासो नदेखाएको करारका कर्मचारीहरुको आरोप छ ।

७ बर्ष देखि काम गर्दै आएका कर्मचारीको करार नबिकरण नगरी आफ्नो नजिकका कर्मचारी भर्ना गर्न खोजिएको उनिहरुले आरोप लगाएका छन् ।

नयाँ शहर आयोजना कार्यालय साफेबगरमा १३ जना कर्मचारीको दरबन्ती रहेकोमा हाल ६ जना मात्र कर्मचारी रहेका छन ।

झोलामा नयाँ शहरको कार्यालय

नयाँ शहरको कार्यालय साँफेबगरमा भएपछि संचालन भने झोलामा हुदैँ आएको छ । कार्यालयका प्रमुख मान परियार अछाम जिल्लाको साँफेबगरमा रहेको कार्यालयमा बस्नु पर्ने भएपछि डोटीको दिपायल बस्दै आएका बुझिएको छ ।

उनले डोटीबाटै कार्यालय स.चालन गरिरहेको आरोप लाग्ने गरेको छ । अछाम बस्नु पर्ने कार्याृलय प्रमुख डोटी छन् एक कर्मचारीले भने उनले नयाँ शहरको कार्याालय झोलाबाट संचालन गर्दे आएका छन् ।

उनि पाहुना तथा पर्यटकका जसरी अछाम आउने गरेको श्रोतले जानकारी दिएको छ । आर्थिक बर्ष २०७७/७८ मा नयाँँ शहरले गरेका योजनाको भुक्तानीहरुको लागि आयोजनाका कर्मचारीहरु झोलामा फाईल हालेर दियायल गएर काम गराईरहेका छन् ।