काठमाडौं । शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेका छन् ।
मंगलबार साँझ प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले असोजसम्ममा एक तिहाइ जनसंख्यालाई खोप दिइसक्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले कोरोनाका लागि अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने पनि निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन सुरु गर्ने निर्णय बैठकले गरेको छ ।
कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया