मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कस्ता बिरामीले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?

कस्ता बिरामीले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले असोजसम्ममा एक तिहाइ जनसंख्यालाई खोप दिइसक्ने निर्णय गरेको छ । सरकारको यो निर्णय कार्यान्वयन हुन्छ वा हुँँदैन सरकारको भोलिका दिनको इच्छा शक्ति र नागरिकप्रति देखाउने जिम्मेवारी तथा उत्तरदायित्त्वमा भर पर्नेछ । 

तर, कतिपयमा अहिले पनि कोरोनाविरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल रहेको छ । यो अन्योल हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयास गरेको छ । 

१८ वर्षभन्दा कम उमेरका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाउनु हुँदैन । यो भन्दा कम उमेर समूहलाई लक्षित गरेर खोप बनिसकेको छैन । 

खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्तिले पनि दोस्रो डोज खोप लगाउनु नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

“यो खोपको कुनै तत्त्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस् भएको व्यक्तिले पनि कोरोनाविदरुको खोप लगाउन हुँदैन,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्तिले पनि यो खोप लगाउनु हुँदैन ।” 

हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल कोभिडविरुद्धको खोप लगाउनु हुँदैन । 
कोभिड–१९ को लागि Monoclonal antibodies वा Convalescent plasma उपचार विधि
अपनाएकाले कम्तीमा ९० दिन अगािड  खोप लगाउन मिल्दैन । 

कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि मात्रै खोप लगाउनु पर्ने स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।