काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन्।
युथ फोर्सको स्कटिङ्गसहित ओली आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन्। एमाले नेता महेश बस्नेतका अनुसार ओलीलाई बालुवाटारदेखि निजी निवास बालकोटसम्म नेता कार्यकर्ताहरूले स्कटिङ्ग गरेर पुगाउने छन्।
‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने कार्यक्रममा सहभागिताको लागि सबैलाई हार्दिक आमन्त्रण गर्दछौं’, बस्नेतले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्।
प्रतिक्रिया