मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा सरकारलाई कांग्रेस वरिष्ठ नेता पौडेलको ६ बुँदे सुझाव

देउवा सरकारलाई कांग्रेस वरिष्ठ नेता पौडेलको ६ बुँदे सुझाव


काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ६ बुँदे सुझाव दिएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई बधाई र शुभकामना दिँदै पौडेलले यस्तो सुझाव दिएका हुन्।  

यस्ता छन् पौडेलका सुझाव– 

आमनागरिकमा आशा जगाउनका लागि नयाँ सरकार केपी ओली प्रवृत्तिको विकल्प बन्नुपर्छ। 

आचरण, कार्यक्षमता, कार्यशैली, चारित्रिक तथा नैतिक दृष्टिले अबको सरकार ओली प्रवृत्तिको विकल्प बन्नुपर्छ ।

भ्रष्टाचारलाई शून्यसहनशीलतामा लैजान पनि वर्तमान सरकार  सबल  बन्नुपर्छ। भ्रष्टाचारको निष्पक्ष छानविनका लागि अख्तियारलाई ओली सरकारले बनाएको सरकारी छायाबाट मुक्त गराउनुपर्छ। 

अबको सरकारले ओली सरकारले गरेको असंवैधानिक नियुक्तिको खारेजी, लोकतान्त्रिक मर्ममाथि प्रहार गर्ने अध्यादेश तथा कानुनहरुको खारेजीको काम तत्काल थाल्नुपर्छ।

सरकारलाई अब साँच्चै समाजवादी चरित्रको बनाउनका लागि आमनागरिकका समस्यालाई सम्बोधन गर्ने काम सरकारले फटाफट गर्नुपर्छ। 

संविधानसभाबाट बनेको संविधानले नागरिकलाई दिएका अधिकारहरु कार्यान्वयन गर्ने दिशामा सरकार अगाडि बढ्नुपर्छ।