मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढाएर बिदा भयो ओली सरकार

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढाएर बिदा भयो ओली सरकार


काठमाडौं । सरकारले लामो दूरीमा सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडा बढेको जनाएको छ ।

निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले लामो दूरीको सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढाएको हो । दुई वाट दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

लामो दूरीका यात्रीवाहक सवारीसाधनमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २६ प्रतिशतले भाडा बढाइएको छ ।

२०७८ असार २७ गतेको भौतिक पूवार्धार तथा यातायात मन्त्रालयको स्वीकृतिमा सार्वजनिक यातायातको भाडा बढाएको विभागले जनाएको छ ।