काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले आफूहरुले गरिरहेको राजनीतिक भेटवार्ता सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयमा केन्द्रित रहेको बताएका छन् ।
नेता बास्तोलाले केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका तीनबुँदे सहमति कार्यान्वयनमै आफूहरुको जोड रहेको बताए ।
विप्लव र बास्तोलासहितको टोलीले बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आज नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका थिए ।
उनले भने, “हाम्रो मुख्य कुराकानी पार्टीसँग भएको सम्झौता कार्यान्वयनमै केन्द्रित रह्यो । यसबाहेक समसामयिक राजनीतिक घटनाक्रममा पनि केही छलफल भए । अहिले पूर्वमाओवादी एकतालगायतका कुराकानी भएका छैनन् ।”
प्रतिक्रिया