मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने


काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने हुनु भएको छ । पुनःस्थापित प्रतिनिधि सभाको आज बस्ने पहिलो बैठकमै उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको हो । 

विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको छ । आजै बस्ने  प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनु हुने सचिवालयले जनाएको छ।

सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । 

विश्वासको मत लिन आवश्यक पर्ने १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । देउवालाई प्रधानमन्त्री दाबी गर्दा साथ दिएका एमालेका २६ सांसदले देउवालाई विश्वासको मत दिने सम्भावना छ । 

सर्वोच्चको परमादेशपछि गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।