मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तिम समयसम्म पनि पार्टी एकताको पक्षमा उभिने एमालेको निर्णय

अन्तिम समयसम्म पनि पार्टी एकताको पक्षमा उभिने एमालेको निर्णय


काठमाण्डाै – नेकपा एमालेले अन्तिम समयसम्म पनि पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ । ललितपुरमा आज मङ्गलवार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रका समस्यालाई सकभर समाधान नै गर्ने ढङ्गले अघि बढ्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दै अन्तिम समयसम्म पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा केन्द्रीय सदस्यले जोड दिएको ज्ञवालीको भनाइ छ । आजको बैठकमा नेता सुवास नेम्वाङले पार्टी एकताका लागि बनेको कार्यदलले गरेका प्रयासबारे ब्रिफिङ गर्नुभएको थियो ।

यस्तै विभिन्न प्रदेशका इन्चार्जले एमालेभित्र झगडा भएपछि प्रदेशमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका छन् । एमालेमा केही व्यक्तिले पार्टी छाड्दा कस्तो प्रभाव पर्छ भन्ने विषयमा पनि प्रदेशका इन्चार्जले सुझाव दिएका छन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदको कारबाहीको विषयमा आजको बैठकमा कुनै छलफल भएन । माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाइसकेकाले जवाफ नआउन्जेल केही बोल्न नमिल्ने प्रवक्ता ज्ञवालीको भनाइ छ ।